नियम १७
हातहतियारको नामसारी
(१) कुनै इजाजतपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले आफ्नो कुनै हातहतियार अरु कसैलाई बिक्री गरी वा अरु कुनै तरिकाले हक छाडी दिन चाहेमा त्यस्तो हक छाडी दिने र लिने दुबै थरिले क्रमशः अनुसूची १३ र १४ मा तोकिएको ढाँचामा प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनुपर्छ। त्यस्ता हक पाउने व्यक्तिलाई खरिद गर्ने इजाजपत्र (लाइसेन्स) भइराखेको भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा जाँचबुझ गर्दा इजाजतपत्र (लाइसेन्स) दिन हुने ठहरिएमा “एकहजार रुपैयाँ नामसारी दस्तुर लिई प्रमुख जिल्ला अधिकारीले बिक्री गर्ने वा हक छाड्न स्वीकृति दिनेछ।
तर कुटनैतिक सुविधा प्राप्त व्यक्तिले भने परराष्ट्र मन्त्रालय मार्फत गृह मन्त्रालयको स्वीकृति लिई मात्र बिक्री गरी वा हक छाडी दिन सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै इजाजतपत्र (लाइसेन्स) प्राप्त व्यक्ति मरी निजको हातहतियारको नामसारी गराउन निजका सबभन्दा नजिकको उपरे पुगेका हकवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएमा प्रमुख जिल्ला अधिकारीले दिन नहुने.ठहराइएमा बाहेक एकहजार रुपैयाँ नामसारी दस्तुर लिई त्यस्तो हकवालाको नाममा यस नियमावली बमोजिम नामसारी गरी दिनु पर्छ।
ब(२) हातहतियारको इजाजत प्राप्त व्यक्तिले नियम ३ को उपनियम (१) मा उल्लेखित हातहतियार बाहेक अरु हातहतियार कसैलाई बेचबिखन वा नामसारी गर्न पाउने छैन।
(९) हातहतियारको इजाजत प्राप्त व्यक्तिले उपनियम ३ बमोजिम मनाही नगरिएका हातहतियारहरु पनि इजाजतपत्र पाएको मितिले पाँच वर्ष भुक्तान नभएसम्म बेचबिखन वा नामसारी गर्न पाउने छैन।
(५) उपनियम (२३) बमोजिम निवेदन दिँदा इजाजतपत्र प्राप्त व्यक्तिको मृत्यु भएको मितिले ६ महीनाभित्र सम्बन्धित हकवालाले वा वारिस मार्फत निवेदन दिनु पर्नेछ।
(५क) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुँदाका बखत कुनै हातहतियार खरखजानाको नामसारी गराउन छुट भएको भए अन्तिम एक पटकको लागि & संवत २०७९ साल असार मसान्तभित्र मनासिब कारण देखाई निवेदन दिएमा प्रत्येक आर्थिक वर्षको लागि दुई हजार पाँच सय रुपैयाँ नामसारी दस्तुर लिई नामसारी गरिनेछ।
५(श्ख) उपनियम (५क) मा तोकिएको म्याद भित्र पनि कसैले इजाजतपत्र नवीकरण नगराएमा वा हातहतियार खरखजानको नामसारी नगरेमा त्यस्तो इजाजतपत्र स्वतः खारेज हुनेछ र सम्बन्धित हातहतियार खरखजाना जफत हुनेछ।
ग(६) इजाजत प्राप्त व्यक्तिले नेपाल सकारको स्वीकृति लिई आफूसँग भएको जुनसुकै किसिमको हातहतियार पनि विदेशी नागरिकलाई बेचबिखन गर्न यो नियमले बाधा पुच्याएको मानिने छैन।